अपराध राष्ट्रपतिबाट कैद मिनाहा पाएका युवकले गरे ‘प्रेमिका’को हत्या
काठमाडाैं | कात्तिक ३, २०८०
काठमाडौं: राष्ट्रपतिबाट ३ महिना कैद छुट पाएर छुटेका पश्चिम रुकुमका एकजना युवक पुन: हत्या आरोपमा पक्राउ परेका छन् ।
रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–९ घर भएका लोकबहादुर बिक उर्फ लोकेन्द्रलाई हत्या आरोपमा पक्राउ गरिएको रुकुम पश्चिमका डिएसपी नमराज भट्टराईले बताए ।
लोकन्द्रले मुसीकोट–७ साँखक घर भएकी २७ वर्षीया भावना विकको हत्या गरेका हुन् ।
संविधान दिवसका अवसरमा राष्ट्रपतिबाट कैद माफी पाएका उनले भावनाको हत्या गरेको स्विकार गरेका छन् । असोज ३० मा मुसिकोट नगरपालिका–१ त्रिवेणीचोकको सत्कार होटलमा भावनाको शव फेला परेको थियो । अनुसन्धान गर्दै जाँदा लोकबहादुरले हत्या गरेको खुलेको डिएसपी भट्टराईले जानकारी दिए ।
३३ वर्षीय लोकेन्द्र र भावना प्रेम सम्बन्धमा थिए । भावनाले आफूलाई विवाह गर्न ‘दवाव’ दिएपछि हत्या गरेको लोकेन्द्रले प्रहरीलाई बताएका छन् ।
त्रिवेणी चोकमा रहेको सत्कार होटलमा उनिहरु असार २८ मा पुगेका हुन् । दुईदिन पछि विहानको खाना नखाएर लोकेन्द्र हिँड्न खोजेपछि भावनाले उनलाई तानेकी थिइन् । ‘विवाह गर्नुपर्छ’ भनेर दवाव दिएपछि शुरुमा आफुले छातिमा प्रहार गरेको र त्यसपछि होटलको कोठामा भेटिएको चक्कुले घाँटीमा काटेर हत्या गरेको प्रहरीलाई बयान दिएका छन् । रातोपाटीमा यो खबर लेखिएको छ ।
पोखरा । ताङतिङ दूधपोखरी तमु समाजको अध्यक्षमा पहिलोपटक महिला नेतृ चन्द्रमाया गुरुङ चयन भएकी छन् । समाजको दशौँ अधिवेशनले गुरुङको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । &nb...
कर्णाली: नेपालगञ्जबाट स्कुटरमा बसेर सुर्खेततर्फ आइरहेका एक युवक यात्राका क्रममा बेहोस भए । बेहोसीमै कर्णाली प्रदेश अस्पताल पुर्याइएका उनको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका सू...
महेन्द्रनगर: कञ्चनपुर प्रहरीले भारतबाट भन्सार छलेर नेपाल भित्र्याउन लागेका सामानसहित चार जना भारतीयलाई पक्राउ गरेको छ । बेलौरी नगरपालिका–१ खल्लाबाट भन्सार छलेर नेपाल...

